सुदूर नेपाललाई विश्वसँग जोड्दै

रियल मड्रिडले गर्‍याे फुटबल ट्रेनिङ शुरु

फाईल फोटो
फाईल फोटो
२०७७ वैशाख ३०, ०७:३३ खबर संवाददाता

स्पानिस क्लब रियल मड्रिडले फुटबल ट्रेनिङ शुरु गरेको छ। कोरोनाभाइरस (कोभिड १९) संक्रमण रोक्न लकडाउन भएको दुई महिनापछि रियलका खेलाडीले सोमबारदेखि ट्रेनिङ शुरु गरेका हुन्। भाल्डेबेबासमा खेलाडीहरुलाई व्यक्तिगत रुपमा प्रशिक्षण गर्नका लागि छुट गरिएको बताइएको छ।

खेलाडीलाई विभिन्न सिफ्टमा गरेर दुई समूहमा विभाजन गरिएको छ। जहाँ हरेक समूहले एक अर्कासँग दूरी कायम गरी बलसहित र बलबिना प्रशिक्षण गर्नेछन्। पहिलो सातामा फिटनेस कोच ग्रेगोरी डुपोन्टले व्यक्तिगत रुपमा सेसन लिनेछन्।
 

कमेन्ट लोड गर्नुस