सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको पुर्वीचौकी गाउँपालिकालाई २५ क्वीन्टल चमल हस्तान्तरण

२०७७ वैशाख २९, ११:५२

चक्र कुँवर/डोटी : लकडाउनका कारण समस्यामा परेका मजदुर तथा विपन्न परिवारका लागि पुर्वीचौकी गाउँपालीकालाई २५ क्वीन्टल चामल हस्तान्तरण गरिएको छ। दिपायल सिलगढी नगरपालिका वडा नम्वर १ तिखा घर भइ हाल धनगढीमा व्यापार गर्दै आएका नेपाली काग्रेसका नेता लक्ष्मण खड्काको सहयोग तथा नेपाल विद्यार्थी संघ डोटीका नेता दिपेन्द्र वहादुर सिंहको पहमा उक्त चामल हस्तान्त्ररण गरिएको हो।

सिंहले सञ्चालन गरेको राहत संकलन तथा वितरण कार्यक्रम मार्फत डोटीका स्थानीय तहका विपन्न तथा मजुर परिवारका लागि चामल हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। आइतवार एक कार्यक्रमका विच नेपाली काग्रेस डोटी क्षेत्र नम्वर १ का क्षेत्रीय सभापती विजय खड्काले गाउपालीका अध्यक्ष दिर्घराज वोगटीलाई चमल हस्तान्तरण गरेका हुन्। नेपाली काग्रेसका नेता तथा व्यापारी लक्ष्मण खड्काले तत्कालका लागि गरिव, विपन्न तथा मजदुरका लागि खाद्यान्न पठाएको बताए।

‘कोरोना भाइरसको महामारीले विश्वनै संकटमा छ’ उनले भने, ‘यस्तो बेला हामिले सक्दो सहयोग गर्नै पर्छ।’ यस्तै परिस्थिति आए अझै पनि सक्दो सहयोग गर्ने उनले बताए। खड्काले डोटीका चार स्थानीय तह दिपायल सिलगढी नगरपालिका, पुर्वीचौकी गाउँपालिका, सायल गाउँपालिका र आर्दश गाउँपालिकाका लागि प्रति स्थानीय तह २० क्विन्टलका दरले ८० क्विन्टल चामल ढुवानी खर्च समेत आफै तिरेर डोटी पुगाएको बताए। 
 

कमेन्ट लोड गर्नुस