सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली भूमीको रक्षार्थ कदम नचाले चरणवद्ध आन्दोलन गर्ने डडेल्धुराका विद्यार्थी संगठनको चेतावनी

२०७७ वैशाख २८, ०२:२३ खबर संवाददाता

डडेल्धुरा :डडेल्धुराका विद्यार्थी संगठनले नेपाली भूमीको रक्षार्थ सरकारले कुनै ठोस कदम नचाले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले चेतावनी दिएका हुन।

जिल्लाको अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनले संयुक्त विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएका छन्। ‘नेपालको लिपुलेक हँुदै मानसरोवर जोड्ने ८० किलोमिटर सडक उद्घाटन गरेको प्रति हामी डडेल्धुरा जिल्लामा क्रियाशिल सम्पूर्ण विद्यार्थीहरुको गम्भिर ध्यानाकर्षण भएको छ’ ज्ञापन पत्रमा भनीएको छ। 

विद्यार्थी संगठनहरुले विगत ६ महिनादेखि सिमा अतिक्रमण गरेको मुद्धा देशमा चर्किदै नेपाल सरकार मौन बस्नु दुर्भाग्यपूर्ण भएका जनाएका छन्। ‘झण्डै दुईतिहाई जनमत प्रात गरेको यो सरकारलाई हिजोका असमान सन्धि सम्झौतालाई खारेजी गर्ने र सच्याउन सक्ने जनमत भएको बेलामा कुनै पनि किसिमका पहल कदमी नहुनु अन्तराष्ट्रिय स्तरमा कुनै कुटनितिक र कानुनी पहल नहुंदा हामी सम्पूर्ण विद्यार्थी संगठनहरु शसंकित भएका छौं’ अनेरास्ववियुका संयोजक सन्तोष भट्ट, नेवि संघका प्रतिनिधि जगत ऐर र  समाजवाद विद्यार्थी यूनियनका प्रतिनिधि प्रदिप भट्टद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ।

त्यस्तै उनीहरुले भारतको कदम विरुद सडकमा शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला अनेरास्ववियूका विद्यार्थीहरुलाई पक्राउ गरिएकोमा आपत्ति समेत जनाएका छन्। ज्ञापनपत्रमा अगाडि भनीएको छ, ‘यथासिघ्र रुपमा नेपाल सरकारबाट नेपाली भूमीको रक्षार्थका लागि सरकारले सर्वपक्षीय बैठकसहित संसद बाट ठोस निर्णय र उपयुक्त कदम नचाले हामी सम्पूर्ण विद्यार्थीहरु आगामी दिनमा चरणवद्धरुपमा आन्दोलनका कार्यक्रमहरु निरन्तर जारी राख्ने चेतावनी समेत यस ज्ञापन पत्र मार्फत जानकारी गराईन्छ।’

कमेन्ट लोड गर्नुस