सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामबाट उद्दार गरिएकी सुत्केरीको मृत्यु

२०७७ वैशाख २८, ०१:१६ खबर संवाददाता

धनगढीः अछामबाट उद्दार गरेर कोहलपुर लगिएकी सुत्केरी महिलाको मृत्यु भएको छ। शनिबार अछामको बयलपाटा अस्पतालबाट उद्दार गरिएकी रामारोशन गाउँपालिका भाटाकटियाकी २४ वर्षीया देउमी साउँदको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले सुत्केरीको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बताए। २५ दिन पहिले घरमै सुत्केरी भएकी साउँदको शिशु भने सकुसल रहेको खड्काले बताए।

सुत्केरी भएपछि  पेटमा अत्यधिक रगत जमेको, निरन्तर रक्तश्राव एवंम पिसाब रोकिएपछि साउँदलाई मन्त्रालयको गम्भीर अवस्थाका सुत्केरी महिलाको उद्दार कार्यक्रम अन्तरगत उद्दार गरी शनिबार नेपालगञ्ज पठाईएको थियो।  

कमेन्ट लोड गर्नुस