सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा आजदेखि सबै बैँक खुल्ने, सिमित बैँकिङ कारोबार हुने

२०७७ वैशाख २८, ०९:१२ खबर संवाददाता

धनगढी : कैलालीमा आजदेखि सबै बैँकहरुले सेवा सञ्चालन गर्ने भएका छन्। नेपाल राष्ट्र बैँकको निर्देशनपछि प्रदेशको अस्थायी मुकाम धनगढी सहित सबै ठाउँमा रहेका बैँकहरुले आ–आफ्नो शाखाबाट सेवा सञ्चालन गर्ने भएका हुन्।

बैँकर्स क्लब धनगढीका अध्यक्ष धर्मकुमार विष्टले आजदेखि बैङकहरु खुल्ला रहने जानकारी दिए। तर बैँकहरुले सिमित बैङकिङ कारोबार मात्र गर्ने विष्टले बताए।

उनका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म खुल्ने बैँकबाट ग्राहकले नगद कारोबार गर्न पाउनेछन्। त्यसका लागि बिहान ११ देखि दिउँसो १ बजे सम्मको समय तोकिएको छ।

तर नगद कारोबार बाहेकका अन्य सेवा भने तत्काल नचल्ने अध्यक्ष विष्टले बताए। 
 
 

कमेन्ट लोड गर्नुस