सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक विकास मन्त्रालयद्धारा अछामबाट सुत्केरीको उद्दार

२०७७ वैशाख २७, ०५:४० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अछामबाट गम्भीर अवस्थाकी सुत्केरी महिलाको उद्दार गरेको छ।

जिल्लाको बयलपाटा अस्पतालमा आज सुत्केरी भएकी रामारोशन गाउँपालिका भटाकटियाकी २४ वर्षीया देउमी साउँदलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उपचारका लागि नेपालगञ्ज लगिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए।

उनका अनुसार सुत्केरी भएपछि  पेटमा अत्यधिक रगत जमेको, निरन्तर रक्तश्राव एवंम पिसाब रोकिएपछि साउँदलाई मन्त्रालयको गम्भीर अवस्थाका सुत्केरी महिलाको उद्दार कार्यक्रम अन्तरगत उद्दार गरी नेपालगञ्ज पठाईएको हो। 
 

कमेन्ट लोड गर्नुस