सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा लडेर एक जनाको मृत्यु

२०७७ वैशाख २७, ०१:१७ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुरामा लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको भागरेश्वर गाउँपालिका – ढिमलाका ४५ वर्षीय कृष्णदत्त चटौतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

शनिबार बिहान खानीबाट ढुंगा निकाल्ने क्रममा लडेर उनको मृत्यु भएको डडेल्धुरा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए। ढुंगा निकाल्ने क्रममा लडेर गम्भीर घाइते भएका चटौतलाई डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको डिएसपी न्यौपानेले बताए। 

मृतको शवलाई पोस्टर्माटका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ।

कमेन्ट लोड गर्नुस