सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवा संघ डोटीद्वारा ११ हजार सहयोग

२०७७ वैशाख २७, १२:१६ खबर संवाददाता

डोटी : युवा संघ डोटीले कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा ११ हजार एक सय ११ सहयोग गरेको छ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ डोटीले कोरोना कोषमा सहयोग गरेको हो।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसलाई नियन्त्रण गर्नको लागि सहयोग गरेको युवा संघ डोटीका अध्यक्ष गोविन्द खड्काले बताए।

राष्ट्रिय वाणिज्य बैंक डोटी मार्फत उक्त रकम जम्मा गरेको भौचर डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई बुझाएको उनले बताए।

कमेन्ट लोड गर्नुस