कोरोनाबाट विश्वभर एकै दिन झण्डै ६ हजारको मृत्यु, मृतकको संख्या दुई लाख ७६ हजार नजिक
२०७७ वैशाख २७, ०६:१३
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर एकै दिन झण्डै ६ हजारको मृत्यु भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या दुई लाख ७५ हजार ९ साय ५१ पुगेको छ।
यस्तै ४० लाख १० हजार ३ सय ९६ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १३ लाख ८१ हजार ९ सय ४८ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस