सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा भीषण असिना पानी, अन्नबाली सखाप

२०७७ वैशाख २४, ०४:५५ प्रकाश सिंह

बाजुरा : बाजुरामा बुधबार दिउँसो भीषण असिना पानी परेको छ। असिना पानीले पाक्नै लागेको र पाकिसकेको गहुँ, जौ लगायतका हिउँदेवाली सखाप पारेको छ।

पाक्ने बेला गहुँ नै असिनाले सखाप पारेपछि किसानहरु चिन्तित भएका छन्। ‘डेढ हप्तादेखि बाजुरामा असिना परिरहेको छ, बुधवार त धेरै पर्यो’ बडीमालिका– ८ का किसान हर्क बडुवालले भने, ‘अन्न बालीसँगै तरकारीमा समेत क्षति पुर्यायो। ‘एकातिर लकडाउनले खाद्य संकट भएको छ। लगाएको बालीबाट एक महिना भएपनि खानपुग्ने गरेको थियो तर अब के खाने होला’ बुढिगंगा नगरपालिका १० का अर्का किसान रण साउदले भने, ‘घाम लागेपछि दुईतिन दिनमै गहुँ टिपेर सक्ने थियौं, अब त असिनाले सबै गहुँ मासिसक्यो।’

असिना पानीले बाजुराका अधिकांस भागमा पाक्न लागेको अन्नबालीमा क्षति पुर्याएको बडीमालिका नगरपालिका वडा ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए। भित्राउने समयमा भएको क्षतिका कारण किसानको सबै मिहेनत खेर गएको उनले बताए। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस