सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लकडाउनपछि ७ लाखको मदिरा बरामद

२०७७ वैशाख २४, ०२:३८ खबर संवाददाता

धनगढी : कैलालीमा लकडाउनपछि प्रहरीले झण्डै सात लाख मूल्य बराबरको मदिरा बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानबाट ६ लाख ८८ हजार चार सय ७६ मूल्य बराबरको मदिरा बरामद गरिएको जनाएको छ।

जिल्लामा लकडाउन जारी भएदेखि हाल सम्म विभिन्न समयमा गरी ओसारपसार गरिरहेको एवंम् वेवारिसे अवस्थामा छाडिएको समेत गरी उक्त परिमाणको मदिरा बरामद गरिएको कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक मनोहरप्रसाद भट्टको कमाण्डमा खटिएको टोलीले टीकापुर र जानकी गाउँपालिकाका विभिन्न वडाबाट एक हजार दुई सय ६२ बोतल र ६ हजार आठ सय लिटर घरेलु मदिरा बरामद गरेको छ।

बरामद गरिएको अवैध घरेलु मदिरा जनप्रतिनिधि लगायतको रहोबरमा नष्ट गरिएको छ भने सिल प्याक मदिरा आवश्यक कारवाहीका लागि करदाता सेवा कार्यालय लम्कीमा बुझाईएको छ। 

 

कमेन्ट लोड गर्नुस