सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा निको भएका तीन जनामा पुनः कोरोना पोजेटिभ

२०७७ वैशाख २४, ०८:०६ खबर संवाददाता

नेपालमा निको   भएर घर गएका तीन जनामा पुनः कोरोना संक्रमण पोजेटिभ देखिएको छ। डिस्चार्ज हुनुभन्दा अघिका दुई पटकको कोरोना संक्रमण परीक्षण नेगेटिभ आएपछि काठमाडौंस्थित सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ जना पुरुषमा पुनः कोरोना पोजेटिभ  देखिएको हो।

डिस्चार्ज भएपछि फलोअप चेकअपका लागि आउने क्रममा जाँच गर्दा पुनः कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पुनः कोरोना पोजेटिभ देखिएका रौतहटका २१ वर्षीय पुरुष र अर्का भारतीय नागरिकलाई नारायणी अस्पतालमा भर्ना गरिएको छ भने काठमाडौंको सनसिटी अपार्टमेन्टका संक्रमितलाई पाटन अस्पतालमा भर्ना गरिएको छ।
 

कमेन्ट लोड गर्नुस