कोरोनाबाट विश्वभर दुई लाख ५१ हजार बढीको मृत्यु
२०७७ वैशाख २३, ०५:५५
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २ लाख ५१ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार मंगलबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ५१ हजार ९ सय ४७ पुगेको छ।
यस्तै ३६ लाख ४१ हजार २ सय ४ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ११ लाख ९२ हजार ९ सय ४७ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस