कैलालीको जाली गाउँमा लकडाउन पूर्णरुपमा पालना गराउन युवाहरु सक्रिय
कैलाली : न्यु उपदेश युवा क्लवले आफ्नो क्षेत्र जाली गाउँमा लकडाउन पूर्णरुपमा पालना गराउन युवाहरु सक्रिय हुने निर्णय गरेको छ।
क्लवको सोमबार बसेको बैठकले गाउँ लकडाउनमा उलंघनका गतिविधि बढेर ट्रयाक्टर, मोटरसाईकल र नयाँ मानिस आउन थालेपछि लकडाउनको पूर्णरुपमा पालना गराउन अभियान थालनी गरेको न्यु उपदेश युवा क्लवका अध्यक्ष श्रवण देउवाले जानकारी दिए। त्यसरी गाउँ कोरोनाको संक्रमणको जोखिममा आउने भन्दै उक्त अभियान थालेको बताए।
टोलमै समितिका युवाहरुले लकडाउनको पालनासहित सामाजिक दुरी कायम गर्न लगाउने र गाउँमा आएका सवारी साधानलाई फर्काउने अभियान थाल्ने क्लवका सचिव तथा युवा परिचाल मुल समितिका संयोजक अर्जुनसिह महतोले बताए।
बैशाख २२ गते पहिलोदिन लकडाउन अलंघन गर्ने सवारी साधन र मानिसलाई सम्झाई बुझाई फर्काउने र २३ गतेबाट सबै सवारी साधनलाई रोकेर स्थानीय प्रहरीलाई जिम्मा लगाउने न्यु उपदेश युवा क्लवले जनाएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरसंग समन्वय गरेर युवाहरुले उक्त अभियान थालनी गरेको बताए।
क्लवले गठन गरेको विभिन्न टोल समितिमा पिपल चौक टोलबाट सरोज चौधरी, शुसान्त टोलबाट हिक्मत सिह, शान्ति टोलबाट सुजन चौधरी, बिजुलीया टोलबाट धर्मराज कुँवर, शिद्धिगणेश टोलबाट जिवन खड्का र नबदुर्गा टोलबाट शिरिस चौधरी रहेका छन्।
टोल संयोजकले आफ्नै टोल भित्र प्रवेश गरेका सवारी साधन र मानिसाई सम्झाईबुझाई फर्काउने र नमाने मुल समिति र स्थानिय प्रहरीलाई खबर गरी वतावारण मिलाउने निर्णय भएको मुल समितिका संयोजक महतोले जानकारी दिए।