सुदूर नेपाललाई विश्वसँग जोड्दै

मास्कमा कालोबजारी गर्ने अत्तरियाको हिमाल फार्मेसीलाई दुई लाख जरिवाना

२०७७ वैशाख २२, ०५:३६

धनगढी- मास्कमा कालोबजारी गरेको भन्दै अत्तरियाको हिमाल फार्मेसीलाई दुई लाख रुपैँया जरिवाना गरिएको छ। संयुक्त बजार अनुगमनका क्रममा फार्मेसीले मास्कमा तोकिएको भन्दा बढि मूल्य असुलेर बिक्रि वितरण गरी कालोबजारी गरिएको भेटिएको पाईएपछि कारवाही स्वरुप जरिवाना गरिएको हो।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनमगरले अनुगमनका क्रममा फार्मेसीले मास्कका तोकिएको भन्दा ४७ प्रतिशत बढि मूल्य असुलेको पाईएपछि जरिवाना गरिएको जानकारी दिए।

कमेन्ट लोड गर्नुस