सुदूर नेपाललाई विश्वसँग जोड्दै

मार्तडी–कोल्टी सडक निर्माणका लागि ९८ करोडको ठेक्का

२०७७ वैशाख २२, ०३:१७ प्रकाश सिंह

बाजुरा : मार्तडी कोल्टी सडक खण्डका लागि थप ९८ करोडको ठेक्का भएको छ। पूर्वाधार विकास कार्यलय अछामले ९८ करोड ७५ लाख १२ हजार रकमको ठेक्का आह्वान गरेको हो। कार्यलय प्रमुख ईन्जिनियर जंगबहादुर थापाले यो आर्थिक बर्षमा संघ र प्रदेशबाट उक्क्त रकम बिनियोजन गरिएको बताए।

योसंगै मार्तडी कोल्टी सडक कालोपत्रेका लागि एक अरब ५७ करोड ७५ लाख १२ हजार रकम बिनियोजन भएको छ। मार्तडीदेखि कोल्टी सम्म ४१ किलोमिटर कालोपत्रे गर्ने गरि यो रकम प्रदेश र संघ सरकारबाट बिनियोजन भएको प्रदेश सांसद बल्देब रेग्मिले वताए। प्रदेश सरकारको बहुबर्षिय योजनामा परेको यो सडकमा १५ किलोमिटरको काम सुरु गरिसकेको छ। १५ किलोमिटर कालोपत्रेका लागि प्रदेश सरकार बाट ५८ करोड बिनियोजन भएको थियो। 

समपुरक अनुदानको बजेटबाट यो आर्थिक बर्षमा संघ र प्रदेश बाट ९८ करोड ७५ लाख १२ हजार रकम बिनियोजन भएको छ। यो रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको सांसद रेग्मिले वताएका छन्।

मार्तडी कोल्टी सडक खण्ड बिगतमा स्तरोन्नती नहुँदा निकै सास्ति भोग्नु परेको थियो। सडक बर्षातमा पुर्णरुपमा बन्द हुदै आएको थियो। अहिले ४१ किलोमिटरका लागि बजेट ब्यबस्थापन भइसकेको । हाम्रो लक्ष्य पिलिचौर सम्म कालोपत्रेका बजेट ब्यबस्थापनमा हो। सासंद रेग्मिले भने। 

यो सडक कालोपत्र भएमा बाजुराका उत्तरी क्षेत्रका चारवटा स्थानिय तह, हुम्ला, मुगुका बासिन्दालाई निकै सहज हुने नागरिक अगुवा प्रदिप राज जैशीले वताए। बिगतमा ४१ किलोमिटरमा ३५ करोड भन्दा बढि खर्च भइसकेको थियो। 

२०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी–कोल्टी सड्क निर्माण भएको २० बर्ष सम्म पनि पुरा हुन सकेको छैन्। २०५६ फागुन ७ गते तत्कालिन जिल्ला सभापति लाल बहादुर थापाले उक्त सड्कको शिलान्यास गरेका थिए। शिलन्यासका बेला २०६० सम्म कोल्टीमा गाडि पुगाउने लक्ष्य थियो।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस