कैलालीमा चार दिनदेखि वेपत्ता महिला मृत फेला
धनगढी : कैलालीमा चार दिनदेखि वेपत्ता रहेकी महिला मृत फेला परेकी छिन्। जिल्ल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ कि ६८ बर्षिया दुर्गादेवी जोशी मृत फेला परेकी हुन्।
१९ गते बाख्रा चराउनका लागि वनमा गएकी जोशीको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
चार दिनदेखि वेपत्ता रहेकी महिलाको खोजीका लागि परिवारका सदस्यले प्रहरीमा खवर भने गरेका थिएनन्। प्रहरी नायव उपरिक्षक बस्नेतले घटनाको अनुसन्धान भईरहेको बताए।