नेपालमा एकैदिन १६ जना कोरोना संक्रमित थपिए
धनगढी : नेपालमा एकैदिन १६ जना कोरोना संक्रमित थपिएका छन्। बाँकेको नेपालगञ्जमा आज साँझ थप ६ जनामा कोरोना संक्रमण देखिएसंगै नेपालमा एकैदिन १६ जना संक्रमित थपिएका हुन्।
१६ जनामा १५ जना नेपालगञ्जका छन् भने एक जना विरगञ्जका छन्। योसंगै संक्रमितको सङख्या ७५ पुगेको छ। केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो।
उनकै सम्पर्कमा आएका थप १५ जनामा कोरोना देखिएको हो। उनको कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालस्थित पीसीसआर ल्याबमा परीक्षण गरिएको थियो।
त्यसमध्ये ३० वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो । आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ ।