कोरोना सञ्चो भएका युवकलाई पुनः अस्पताल लगियो
कोरोना सञ्चो भई अस्पतालबाट डिस्चार्ज भएका युवकलाई उपचारका लागि पुनः अस्पताल लगिएको छ। नारायणी अस्पतालबाट कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका एक युवक पुनः अस्वस्थ भएपछि उपचार गर्न वीरगञ्ज लगिएको हो।
ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुनः वीरगञ्जस्थित नारायणी अस्पतालमै लगिएको बताइएको छ। नारायणी अस्पतालबाट वीरगञ्जका तीन जना र रौतहटतका ती युवक कोरोनामुक्त भएको भन्दै एक साता अघि डिस्चार्ज भएका थिए।
ती युवकमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। वैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनी घर गएका थिए। उनलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।