कोरोनाबाट विश्वभर दुई लाख ४४ हजार बढीको मृत्यु
२०७७ वैशाख २१, ०६:०७
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २ लाख ४४ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार आइतबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ४४ हजार ५ सय ९६ पुगेको छ।
यस्तै ३४ लाख ७९ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ११ लाख ८ हजार ६५ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस