सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा वर्षा र चट्याङले घर भत्किए

२०७७ वैशाख २०, ०८:२५ खबर संवाददाता

डोटी- तीनदेखिको लगातार वर्षाले डोटीमा दुई घर भत्किएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान परेको चट्याङ लागेर जिल्लाको केआइसिंह गाउँपालिका वडा नम्बर ३ का कौछी भुल र मनिजर भुलका दुईवटा बाख्रा मरेका छन्। 

चटयाङ लागेर उनीहरूको घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी  कार्यालयका सूचना अधिकारी कर्ण बोहराले जानकारी दिए। लगातारको वर्षाद्कै कारण दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ मा पनि शुक्रबार एकजना स्थानीयवासीको दुईतले घर भत्किएको छ। प्रहरीका अनुसार वर्षाद्का कारण सोही वडास्थित चौखुट्टे टोल बस्ने बाजी भुलको दुईतले पक्की घर भत्किएको हो। 

घर भत्किँदा  १० लाखबराबरको क्षति भएको दावी गरिएको छ। रासस
 

कमेन्ट लोड गर्नुस