सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाविरुद्धको लडाइँमा डा. रुणा झा विश्वका शीर्ष ५ महिलाभित्र

२०७७ वैशाख २०, ०५:३१ खबर संवाददाता

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झा युएन वुमनबाट सम्मानित भएकी छिन्।  

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोविड १९ को  लडाईंमा दिनरात खटिएकी डा.झालाई युएन वुमनले सम्मानित गरेको हो। कोविड १९ को  लडाईंमा खटिएकी विश्वका ५ महिलामा डा.झापनि पर्न सफल भएकी छिन्।

चीनको वुहानबाट नेपाल ल्याइएका १ सय ७५ जनाको रेखदेखदेखि हालसम्म नेपालमा कोरोना भाइरसको परीक्षणदेखि १६ स्थानमा स्थापना गरिएको पीसीआर ल्याबमा आफ्नो नेतृत्वमा सफलता पूर्वक अग्रस्थानमा खटिएकी छिन्।

नेपालको कोरोना विरुद्धको लडाईंमा सुरुदेखि नै आफ्नो नेतृत्वमा चुनौतीकाबीच काममा सफलताका साथ खटिरहेको र उनको टीमले पनि कोरोना विरुद्धको लडाइमा राम्रो काम गरिरहेको भन्दै उनलाई विश्वको ५ महिलामा समावेश गरिएको युएन वुमनले जनाएको छ। 

कमेन्ट लोड गर्नुस