कैलालीमा १६ बर्षीय युवतीको आरोप– जेठाजुले बलात्कार गर्न खोज्दा श्रीमानले सघाए
धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाकी १६ बर्षीय युवतीका श्रीमानलाई उनकै दाईले बैशाख १५ गते बेलुकी खाना खाईसकेपछि बिरालो मार्न जाउँ भन्दै घरबाट बाहिर पठाए। १६ बर्षीय युवती आफ्नो कोठामा सुतीराखेकी थिईन्।
सुतिराखेको अवस्थामा राती साढे ११ बजेको समयमा जेठाजु काठामा छिरे। आफ्नै भाईकी श्रीमतीको लुगा फुकाली हात समात्दै जबरजस्ती करणी गर्न खोजे। युवतीले रोईकराई गरेकोले हो–हल्ला भएपछि जबरजस्ती करणी हुनबाट जोगिईन्।
जेठाजुले उक्त कुरा कोही कसैलाई बताएमा ज्यान बेपत्ता पारी दिन्छु भनी धाकधम्की समेत दिए। भोलीपल्ट १६ गते साँझ पुनः युवतीका श्रीमानलाई बिरालो मार्न जाउ भनि घरबाट बाहिर पठाईयो।
युवती सुति रहेको अवस्थामा ढोका ढकढक गरेको र जेठाजुले नै हानेको होला भन्ने आशंकामा ति युवतीले ढोका खोलिनन्। ढोका किन नखोलेको भन्दै श्रीमान र जेठाजुले युवतीमाथि कुटपिट नै गरे।
युवतीले श्रीमान समेतले जेठाजुबाट जबरजस्ती करणी गराउन सहयोग गरेको भन्दै कारबाही जाहेरी दिईन्। सोही जाहेरी अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीले श्रीमान र जेठाजुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जनाएको छ।
सोही घटनामा प्रहरीसंग कुरा मिलाई दिन्छु भन्दै ५० हजार घुस सहित गौरिगंगा नगरपालिका वडा नम्वर ११ बस्ने लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष बिर्ख धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कन्चनपुरले पक्राउ गरेको छ।