सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा : ३५ दिन भारतीय क्वारेन्टाइन बसेपछि घर पुग्न पाउँदा हर्षित

२०७७ वैशाख २०, ०३:०९ प्रकाश सिंह

बाजुरा : हुम्लाको अदानचुलि गाँउपालिका– २ का आइते कटुवाल भारतको धार्चुलामा ३५ दिन क्वारेनटाइनमा बसेपछि बल्ल आफ्नो घर पुग्ने भएका छन्। उनी भारत सरकारले बिहिवार छोडेपछि दार्चुलाको नाकाबाट नेपाल आएका हुन्।

बाजुराहुँदै जुम्ला जान लागेका आइते कटुवालले भने, ‘नेपालमा लकडाउन भएको दुई दिनमा सीमामा पुगेको हुँ, नेपाल आउन दिएनन्, उतै पिथौरागडमा ३५ दिन क्वारेनटाइनमा बसेपछि बल्ल नेपाल प्रवेश पाए।’ आइत खुशी हँुदै थप्छन, ‘मंगलबारसम्म घर पुग्ने हुँ, भोकभोकै भएपनि घर पुग्नपाँउदा खुशी भएको छु। बाटोमा खाने कुरा नपाउने हुँदा चाउचाउ बोकेको उनले बताए।

उनीसँगै जुम्लाका ३० जना छन्। ती सबलै भारतीय क्वारेनटाइनमा बसेर नेपाल प्रवेश पाएका हुन्। भारतमा क्वारेनटाइनमा बसेकालाई सरकारले दार्चुलाको नाकामा प्रवेश गरेपछि बाजुरा, हुम्ला, मुगु र जुम्लाका गरी सय जना शनिबार बाजुराको सदरमुकाम मार्तडी पुगेका छन्। हुम्लाका ३० जना, जुम्लाका १९ जना, मुगुका ३० जना र बाजुराका १३ जना भारतको धार्चुला क्वारेनटाइनमा बसेर आफ्नो घर आएका छन्।

महाकालीपारी धार्चुलाको क्वारेन्टिनमा रहेका नेपालीहरू स्वदेश फर्किएपछि खुसी भएका छन्। बाजुराको जगन्नाथ गाउँपालिका १ का जय विष्टले भने, ‘पुसमा कामका लागि भारत गएको थिए। कमाई पनि केही भएन्, उल्टै धार्चुलाको  क्वारेनटाइनमा बस्नुपर्यो।  नेपाल छिरेपछि एक छाक मात्रै खाएर घर जान लागेको उनले बताए। 

‘आफ्नो देश टेक्न पाउँदा खुसी छौ तर घर पुग्न अझै समय लाग्छ’ मुगुको सोरु गाँउपालिका ९ का गुम्वा योगी भने, रोजगारीका लागि भारतको सिम्लेपहाड गएको थिए, लकडाउनमा उतै फसे।’

सीमामाबाट उद्धार गरिएका सबै बाजुरावासी जिल्ला पुगेका छन्। जिल्ला पुगेका १३ जनालाई सम्बन्धित स्थानीय तहले क्वारेनटाइनमा राखेको बाजुरा प्रहरी प्रमुख टंकप्रसाद भटराइले बताए। त्यस्तै हुम्ला, मुगु र जुम्लाकालाई मार्तडीबाट गाडीमार्फत पठाइएको उनले बताए।  लकडाउनका कारण भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई एक महिनापछि उद्धारगरी घर पठाइएको छ। 

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस