कैलालीमा प्रिन्सिपल भुसालको हत्या भएको भन्दै छानबिनको मागसहित प्रदर्शन
धनगढी : एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका कैलालीको बिहानी क्षितिज विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कृष्ण प्रशाद भुसालको हत्या भएको भन्दै छानविनको माग राखेर प्रदर्शन भएको छ।
शुक्रबार पिडीत पक्ष र स्थानीय महिलाहरुले ईलाका प्रहरी कार्यालय मसुरिया बाहिर दवाव स्वरुप प्रदर्शन गरेका हुन।
यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने घटना अनुसन्धान भइरहेको बताएका छन्। शवको पोष्टमार्टम रिपोर्ट अनुसार रगत धेरै बगेपछि मृत्यु भएको देखिएको उनले बताए। तर भिसेरा रिपोर्ट आउन बाँकी रहेको डिएसपी बस्नेतले बताए। घटना अनुसन्धानका लागि पाँच जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ।
गत बिहीवार निजी विद्यालयको छाता संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका भुषाल पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मृतावस्थामा फेला परेका थिए।