सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउन अवधिको व्याज मिनाहा गर्न कैलाली उद्योग वाणिज्य संघको आग्रह

२०७७ वैशाख १९, ०२:१४ खबर संवाददाता

कैलाली  :  सरकारले जारी गरेको लकडाउनका कारण उद्योग, व्यापार क्षेत्र प्रभावमा परेको भन्दै कैलाली उद्योग वाणिज्य संघले लकडाउन अवधिको सम्पूर्ण व्याज मिनाहा गर्न सरकारसंग आग्रह गरेको छ।

शुक्रबार कैलालीका उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा मार्फत सरकारलाई व्याज मिनाहा गर्न ज्ञापन पत्र बुझाएका छन्। 

‘व्यवसायी बाँचे भने मात्र बैंकहरुले मुनाफा कमाउने हुन्। यतिबेला व्यापारव्यवसाय ठप्प हुदा व्यवसायीहरु निराश र हतोत्साही छन्।  व्याज तिर्न सक्ने व्यवसायीहरुको अवस्था छैन। व्यवसायीहरुको यो अवस्थालाई बुझेर लक डाउन अवधिभरको सम्पूर्ण व्याज मिनाहा गरिदिन हुन प्रधानमन्त्रीलाई आग्रह गर्दर्छौ’ संघका अध्यक्ष कुँवरद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, ‘लकडाउन अवधिको व्याज मिनाहा नभए व्यवसायीहरु व्यवसाय गर्न सक्ने अवस्था नरहने जानकारी गर्दछौ।’

कमेन्ट लोड गर्नुस