सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको क्वारेन्टाइनमा बसेकाहरुलाई पुस्तक वितरण

२०७७ वैशाख १९, ०९:२५ खबर संवाददाता

धनगढी – डोटीको क्वारेन्टाइनमा बसेकाहरुलाई पुस्तक वितरण गरिएको छ। काठमाडौँ तथा धनगढीबाट गाउँ फर्केर क्वारेन्टाइनमा रहेकाहरुलाई विभिन्न उपन्याससहित पुस्तकहरु वितरण गरिएको हो।

जिल्लाको केआइसिंह गाउँपालिका र पूर्वीचौकी गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका ६५ जनालाई पुस्तक वितरण गरिएको नेविसंघका नेता दिपेन्द्र सिंहले बताए।

उनले क्वारेन्टाइनको समय ज्ञान प्राप्तीमा सहयोगी होस् भन्ने उदेश्यले आफूहरुले पुस्तक वितरण गरेको बताए। गाउँपालिकामा रहेका दृघरोगीहरुलाई निशुल्क औषधि वितरणको तयारी पनि आफूहरुले गरिरहेको उनले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस