कैलाली प्रहरी प्रमुख गिरीको बिदाई
धनगढी : प्रहरी उपरिक्षकबाट प्रहरी बरिष्ठ उपरिक्षकमा बढुवा भएका कैलालीका प्रहरी प्रमुख सुदिप गिरीको विदाई गरिएको छ। बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडामा सरुवा भएपछि प्रहरी वरिष्ठ उपरिक्षक गिरीको विदाई गरिएको हो।
उनी आज कैलालीबाट गईसकेका छन्। उनको सरुवा भएपनि कैलाली प्रहरी प्रमुखमा भने अहिलेसम्म प्रहरी प्रधान कार्यालयले कसैलाई पठाएको छैन्। प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले निमित्तको जिम्मेवारी पाएका छन्।
गिरी २०७६ सालको जेठ १२ मा कैलाली सरुवा भएर जेठ १९ गते उपस्थित भएका थिए।