सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सामुदायिक वनका अध्यक्ष ५० हजार घुस सहित रंगेहात पक्राउ

२०७७ वैशाख १८, ०८:१३ खबर संवाददाता

धनगढी :  कैलालीमा झै–झगडाको मुद्धा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन्। जिल्लाको मसुरियाको लक्ष्मी सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर धामीलाई पचास हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो। 

उनले इलाका प्रहरी कार्यालय  मसुरियासँग कुरा मिलाइदिन्छु भनी स्थानीय पिडकसँग घुस माग्दैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको प्रवक्ता टोपबहादुर विष्टले बताए। 

धामीलाई बीहिबार साँझ नै हिरासतमा राख्न अख्तियारको टोलीले महेन्द्रनगर लगेको थियो। 

यसअघि समाचारमा त्रुटीबस बलात्कार मुद्दा हुन गएकोमा सच्याईएको छ। 

कमेन्ट लोड गर्नुस