सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका युवाद्वारा घरमै औषधि अभियान

२०७७ वैशाख १८, ०३:२३ खबर संवाददाता

डडेल्धुरा :  लकडाउनका कारण आवतजावत ठप्प भएका बेला डडेल्धुराका युवाले घरमै औषधि अभियान संचालन गरेका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिकाका दुई युवाले दिर्घरोगीहरुका लागि पाँच वटै वडामा उक्त अभियान संचालन गरेका हुन। 

गन्यापधुराका युवा लोकेन्द्र पनेरु र जिवन बोहराले गाउँपालिकाको स्वास्थ्य चौकीमा उपलब्ध नहुँने औषधि बिरामीहरुको घरमै पुर्याइरहेका छन्। हालसम्म उनीहरुले १३ जना दिर्घरोगीहरुको घरमै औषधि पुर्याएको बताएका छन्। 

कमेन्ट लोड गर्नुस