सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एटीएमबाट रकम चोरीको प्रयास

२०७७ वैशाख १८, ०१:१३ खबर संवाददाता

धनगढी : कैलालीमा एटीएमबाट रकम चोरीको प्रयास भएको छ। जिल्लाको गोदावरी नगरपालिका अत्तरियामा रहेको एनआईसी एसिया बैंकको एटीएमबाट रकम चोरीको प्रयास भएको हो।

ईलाका प्रहरी कार्यालय माखाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले राति ११ बजेको समयमा एटीएममा रहेको रकम चोरीको प्रयास भएको बताए। 

उनका अनुसार एटीएम तोडफोड गरिएको छ। एटीएम भित्र १६ लाख भन्दा बढि रकम रहेको र सबै रकम सकुसल रहेको बैंकले जनाएको छ। उनले उक्त कार्यमा संग्लग्नको खोजी भईरहेको बताए। 
 

कमेन्ट लोड गर्नुस