सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको त्रिशक्क्ति क्वारेनटाइनमा बसेकालाई म्याद सकिएको चामल वितरण

२०७७ वैशाख १८, १२:४४ प्रकाश सिंह

बाजुरा- बाजुराको त्रिशक्क्तिक्वारेनटाइनमा बसेकालाईम्याद सकिएको चामलदिएको पाईएको छ। चामलको मिति सन २०१७ को दोस्रो महिना उत्पादन मिति रहेको छ। उत्पादन भएको १ बर्ष सम्म म्याद भए पनि त्रिशक्क्ती क्वारेनटाइनमा भने अहिले उक्क्त चामल खानलाई दिएको क्वारेनटाइनमा बसेका शिक्षक हिरेन्द्र कुवरले वताएका छन्। आफुहरु बसेको १२ दिन भयो तर त्यहि चामल खाइरहेका रहेछौ, बल्ल थाहा पायौँ। कुवरले वताए।

म्याद सकिएको चामलदिएको रहेछ, दुईतिनजना त खानाखाने बितिकै बान्ता गरेको क्वारेनटाइनमा बसेकाअर्का दिनेश जोशीले वताएका छन्। पकाउदा पनि भात कालो भएको उनले बताए।

पछि चामल हेर्दा त मिति सकिएको पाईएको छ। हिरेन्द्र कुवरले भने, हामी त सधै खाइ रहेका थियौँ, तर म्याद हेरनौ पछि क्वारेनटाइनमा बस्न अर्को समुह आएपछि उनिहरुले हेरेपछि मात्र थाहापाएको वताएका छन्। हामि मंगलवार साँझ आएका थियौँ, चामल दियो, त्यो बेला मिति हेरेनौ, चामल खाने बितिकै दुई तिन जनाले बान्ता गरेका थिए, बिहान हेर्दा त मिति सकिएको चामल दिएको थाहा पाएको दिनेश जोशीले बताए। 

केही चामलमा भने २०१७ को मिति लेखिएको भएपनि मार्करले २०२० लेखिएको पाईएको छ। 

वडा अध्यक्ष भरत थापाले भने चामलम्याद सकिएको स्वीकार गरेका छन्। हामिले सुनिल बानियाँ बाट चामल खरिद गरेका हौँ, मिति हेरनौ पछि क्वरोनटाइनमा बस्नेले थाहा पाएपछि मिति सकिएको पाईएको थापाले बताए। मिति सकिएको थाहा पाउने बितिकै चामल फिर्ता गरेर नयाँ चामल दिएको थापाले बताए। ब्यापारि सुनिल बानियाले पनि बेतालमाण्डौ रहेका ब्यापारि मानबहादुर धामि बाट खरिद गरेर ल्याएको वडा अध्यक्षले बताए।

नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहले भने म्याद सकिएको पाईएकोले यसरी कालोबजारी गर्नेलाई कारबाहि गर्ने बताए।

यस्तै प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले यो बारेमाकुनै जानकारी नभएको बताएका छन्। क्वारेनटाइनको अनुगमन गर्नुपर्ने भए पनि बाजुरा कुनै पनि क्वारेनटाइन अनुगमन भएका छैनन्। जिल्लामा १८ क्वारेनटाइनमा २ सय ३९ जना बसिरहेका छन्, तर अधिकांश क्वारेनटाइनमा ब्यबस्थापन नभएको पाईएको छ।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस