धनगढीमा सुपथ मूल्य पसल सञ्चालन
धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ। लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोले धनगढी उप–महानगरपालिका वडा नम्वर ५ हसनपुरमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो।
लकडाउन अवधिमा आर्थिक अवस्था कमजोर भएकाहरुलाई लक्षित गरि सपथ मूल्य पसल सञ्चालन गरिएको लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोले जनाएको छ।
सुपथ मूल्य पसल वैशाख १९ गतेसम्म दिउँसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ।