डोटीमा संगै आएकालाई क्वारेन्टाईनमा राखियो, स्वास्थ्य शाखाका प्रमुखले छोरीलाई घर पठाईन
डोटी : डोटीमा एक गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुखकी छोरीलाई क्वारेन्टाइनमा नराखि घर लगिएको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख राजु खड्काकी छोरी लतालाई क्वारेन्टाइनमा नराखी घर लगिएको आरोप लागेको छ।
काठमाण्डौँबाट गत बैशाख १५ गते उनी डोटी आएकी थिइन। त्यसपछि सिलगढी घरमा उनी झरेकी थिइन्। उनलाई शाखा प्रमुख खड्काले होम क्वारेन्टाइनमा राख्ने भन्दै घर लगेकी पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले बताए।
‘क्वारेन्टाईन भन्दा पनि होम क्वारेन्टाईन सुरक्षीत भयो’ उनले भने, ‘कोठाहरु धेरै भएपछि त, होम क्वारेन्टाइ झन राम्रो भयो। स्वास्थ्य जस्तो संवेशिलता क्षेत्रमा मैलेपनि एउटा गाउँपालिकाका अध्यक्षको हैसियतले गैर जिम्मेवारी काम गर्न पाउदैननी। उहाँ स्वयम स्वास्थ्यकर्मी भएकाले क्वारेन्टाइन गरेर राख्छु भनेपछि टाउँको दुखाईको कुरा भएन्। उहाँको घर पनि मेरो क्षेत्रमा पर्दैन्। कर्मचारी मात्र हाम्रो हो। बसाई दिपायल–सिलगढीमा हो’ उनले भने।
तर पूर्वीचौकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजु खड्काले छोरीलाई सिधै घर ल्याएको कुरा गलत भएको प्रतिक्रिया दिएकी छन्। उनले छोरीलाई पूर्वीचौकी गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको बताइन्। ‘म स्वास्थ्य कर्मी हो, कोरोना फैल्याउने काम मैले गरुला र?’ उनले भनीन, ‘यो कुरा गलत हो, मानिसहरुले कुरा बनाएका हुन्। छोरी क्वारेन्टाईनमा छिन्।’ क्वारेन्टाइनमा बसेकाहरुले छोरीको बिरोध गरे उनीहरुलाई पनि घर पठाउने दावी शाखा प्रमुख खड्काको छ।
जिल्लाको पूर्वीचौकी गाउँपालिकाका ३० जनालाई क्वारेन्टाइनमा राखिएको छ। १५ गते काठमाण्डौँबाट पुगेका १० जनालाई केआइसिँह र पाँच जनालाई आर्दश गाउँपालिकाले पनि क्वारेन्टाइनमा राखेको छ।