धनगढीका युवाद्वारा तीन महिनाको घरभाडा नलिने घोषण
धनगढी : धनगढीका एक युवाले तीन महिनाको घरभाडा नलिने घोषणा गरेका छन्। वैदेशिक रोजगारीको क्रममा दुबईमा रहेका धनगढी उप–महानगरपालिका वडा नम्बर १ का अशोक बोगटीले तीन महिनाको घर भाडा नलिने घोषणा गरेका हुन्।
कोरोना भाइरस(कोभिड–१९) का कारण विश्व संकटमा रहेकाले एकले आर्काेलाई सहयोग गर्नुपर्ने भन्दै तीन महिनाको घर भाडा नलिने उनले बताए। धनगढी बसन्त टोलमा रहेको उनको घरका तीन कोठा अहिले भाडामा छन्।
मासिक विद्यार्थीका लागि दुई हजार पाँच सय र अन्यका लागि तीन हजारका दरले उनले भाडा लिदै आएका थिए। तर कोरोनाको महामारी सुरु भएको भन्दै चैत, बैशाख र जेठ महिनाको कोठा भाडा नलिने बोगटीले बताएका छन्। संकटका बेला आफुले कोठामा बस्नेहरुलाई सहयोग गरेको उनले बताए।