सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीफन्टा नाकामा पनि र्‍यापिड टेस्ट सुरु

फाइल फोटो
फाइल फोटो
२०७७ वैशाख १७, ०५:०३ खबर संवाददाता

धनगढी : कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कैलालीको गौरीफन्टा नाकामा सतर्कता बढाईएको छ। नाकामा मङ्गलबार स्यानिटाइजर टनेलको स्थापना गरिएकोमा आजदेखि र्‍यापिड टेस्ट समेत सुरु गरिएको छ।

यसअघि सम्म छिमेकी राष्ट्र भारतबाट नेपाल भित्रिने व्यक्तिलाई स्यानिटाइज गरेर भित्रिन दिने व्यवस्थाका गरिएकोमा आजदेखि सीमा क्षेत्रमै र्‍यापिड टेस्ट समेत थालिएको नाकामा रहेको स्वास्थ्य सहायता कक्षका ईन्चार्ज दिनेश ठकुल्लाले बताए। उनले कैलाली भित्रिने सबैको र्‍यापिड टेस्ट गर्न थालिएको बताए। उनका अनुसार आज मात्रै २६ जनाको र्‍यापिड टेस्ट गरिएको छ।

केही दिनअघि मात्रै सीमा नाकामा भारतबाट नेपाल भित्रिने मालवाहक सवारीमा समेत स्यानिटाइजर छर्किने व्यवस्था सरु ग्रिएको थियो। भारतका विभिन्न स्थानबाट प्रदेशका लागि अत्यावश्यकीय खाद्यान्न, तरकारी, फलफूललगायतका वस्तु भित्रिइरहेका छन्।

भारतका विभिन्न प्रान्त तथा ठूला शहरलगायतका स्थानमा कोराना भाइरसको सङ्क्रमण अझै बढिरहेकाले त्यहाँबाट नेपाल भित्रिने मालवाहक सवारी, चालकलगायतमा पूर्वसतर्कता अपनाउन जरुरी देखिएकाले स्यानिटाइजर छर्किने व्यवस्था गरिएको भन्सार कार्यालयका निमित्त प्रमुख परमानन्द जोशीले बताए।

 

कमेन्ट लोड गर्नुस