सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रहरी जवान ब्यारेकमै मृत फेला

२०७७ वैशाख १७, ०२:५६ खबर संवाददाता

धनगढी : कैलालीमा एक जना प्रहरी जवान ब्यारेकमै मृत फेला परेका छन्। जिल्लाको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत २९ बर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा ब्यारेकमै मृत फेला परेका हुन्।

अछामको साविक पायल गाविस घर भएका बोहरा राति ब्यारेकमा सुतेका थिए भने विहान ३ बजे ड्युटीको लागि उठाउन जाँदा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले घटनास्थलमा ईलाका प्रहरी कार्यालय सुख्खडबाट प्रहरी निरिक्षकको टोली पठाईएको बताए। 
 

कमेन्ट लोड गर्नुस