सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रिन्सिपल भुषालको हत्या भएको भन्दै छानबिनको माग, पाँच जना पक्राउ

२०७७ वैशाख १७, ०१:४१ खबर संवाददाता

धनगढी : एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका कैलालीको बिहानी क्षितिज विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कृष्ण प्रशाद भुसालको हत्या नै भएको दावी गरिएको छ। बिहानी क्षितिज बोर्डिङ स्कुलले आज विज्ञप्ती जारी गर्दै भुसालको हत्या नै भएको दावी गरेको हो। ‘पहलवानपुरबाट मसरीया आईरहेका भुसाल आमखोइयासम्म साईकल सहित हिड्दै आएको पाईएको छ।

मृत शरिर र साईकल विपरित दिशा तर्फ देखिनुले भुसालको हत्या नै भएको पुष्टि हुन्छ।’ बिहानी क्षितिज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेद प्रशाद जोशीद्वारा जारी विज्ञप्तीमा भनिएको छ। विद्यालयले विज्ञप्ती मार्फत नै घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग गरेको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने घटना अुसन्धान भईरहेको बताए। ‘शवको पोष्टमार्टम रिपोर्ट आईसकेको छ। रिपोर्टमा रगत धेरै बगेपछि मृत्यु भएको देखाएको छ। अव रगत र भिसेरा परिक्षाण हुन्छ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले भने। 

घटना अनुसन्धानका लागि पाँच जनालाई पक्राउ गरिएको उनले बताए। ‘मृतकसंगै होटलमा मदिरा पिएका एक जना शिक्षक, होटल सञ्चालक र भुसाललाई राति खोज्न गएका थप दुई जनासंगै भुसालका एक जना साथीलाई पनि नियन्त्रणमा लिएका छौँ। सोधपुछ भईरहेको छ।’ प्रहरी नायव उपरिक्षक बस्नेतले दिनेश खवरलाई भने। गौरीगंगा नगरपालिका वडा नम्वर ९ का भुसाल ११ गते पहलवानपुरबाट २ किलोमिटर पश्चिममा भेटिएका थिए।

पहलवानपुर मसुरीया आउँदा सडकको दक्षिण भएर फर्किनुपर्नेमा भुसालको शव विपरित साईडमा भेटिएपछि स्थानीयले हत्या भएको आशंका गर्दै आएका छ। मृतकले ल्याएका भोड्काका बोतल उनी मृत भेटिएको स्थान भन्दा झण्डै एक किलोमिटर पूर्व भेटिएका थिए। सोही ठाउँमा उनले बान्ता पनि गरेका थिए।

 

कमेन्ट लोड गर्नुस