सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा माहाकाली तरेर एक सातामा ७२ जना भित्रिए

२०७७ वैशाख १७, १२:३३ खबर संवाददाता

माहाकाली तरेर एक हप्तामा ७२ जना नेपाल भित्रिएका छन्। नेपाल भारत सिमानाका धार्चुलामा अलपत्र परेकाहरु मध्ये ७२ जना माहाकाली तरेर नेपाल भित्रिएका हुन्। सरकारले निरन्तर लकडाउनको अवधि थपेसँगै धार्चुलामा अलपत्र नेपालीहरु माधम महाकाली तरेर नेपाल भित्रिरहेका हुन्। 

बुधबार बिहान मात्रै महाकाली नगरपालिका ९ चुच्चैमा ट्युब तरेर १६ जना भित्रिएका छन्। भारतको मदकोट क्षेत्रमा काम गरि फर्किएका बैतडी बैतडी डिलाशैनी गाउँपालिका ४ का सुरेन्द्र नेगी, अमर नेगी, प्रेम नेगी, पुष्कर विष्ट, डिलौशनी ३ का खेमजराज बोहरा, रमेश बोहरा, इश्वर नेगी, लोकेन्द्र भण्डारी, काशी बोहरा, दलबहादुर भण्डारी, बीरसिह धामी, बलबीर बोहरा, डिलाशैनी ७ का विर बहादुर कार्की, पूर्चौडी नगरपालका १० का कर्ण बहादुर विष्ट र दार्चुला नौगाड ६ का विरेन्द्र ठगुन्ना रहेका छन्।

धार्चुला क्षेत्रमा रहेका नेपालीहरु पूल खुल्ने अनिश्चित भएका कारण दिनहुँ नदी तरेर आउन थालेका छन्। उनीहरुले ट्युब तरेबाफत प्रति व्यक्ति १६०० रुपैयाँ तिर्न बाध्य छन्।  मंगलबार मात्र ८ जना नेपाली व्यास गाउँपालिका १ का माल्पा हुँदै नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो एक सातामा ७२ जना भित्रिएका छन्। जसमा वैशाख १० गते ९ जना, वौशख १२ गते ५ जना, वैशाख १३ गते ३४ जना, वैशाख १६ गते ८ जना र वैशाख १७ गते १६ जना महाकाली तरेर प्रवेश गरेका छन्। यसअघि महाकाली नदीमा ट्युब, जाघार, पौडि खेलेर २२१ जना वैशाख १० अगाडि आइसकेका थिए। 
 

कमेन्ट लोड गर्नुस