कोरोनाबाट विश्वभर दुई लाख १७ हजार बढीको मृत्यु
२०७७ वैशाख १७, ०५:५१
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २ लाख १७ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार बुधबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख १७ हजार ७ सय ८४ पुगेको छ।
यस्तै ३१ लाख ३६ हजार ५२ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ९ लाख ५३ हजार ३४ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस