सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेविसंघले धनगढीमा अलपत्र परेका सय जनालाई बाजुरा पठायो

२०७७ वैशाख १६, ०९:४८ खबर संवाददाता

नेपाल विद्यार्थी संघ कैलालीले धनगढीमा अलपत्र परेका सय जनालाई गृह जिल्ला बाजुरा पठाएको छ। विभिन्न दाताहरुको ९२ हजार आर्थिक सहयोगमा धनगढीमा अलपत्रपरेका विद्यार्थी, मजदुर, व्यापारी गरी सय जनालाई गृहजिल्ला पठाईएको नेविसंघ कैलालीले जनाएको हो।

स्थानियतह सँगको समन्वयमा मंगलबार बसमा उनिहरुलाई गृह जिल्ला पठाईएको नेविसंघ बाजुरा, कैलालीका सम्पर्क व्यक्ति असोक थापाले बताए।

उनले कोरोना भाईरसको जोखीमबाट बच्न जारी गरीएको लकडाउनले धनगढीमा डेरा गरी बसेकालाई खाद्य अभाव तथा विभिन्न समस्या झेल्नुपरेको भन्दै स्थानियतहको समन्वयमा गृहनगर पठाईएको बताए। 
 

कमेन्ट लोड गर्नुस