सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका चौरपाटी गाउँपालिकाका अध्यक्षद्वारा भारतमा अलपत्र नेपालीलाई खाद्यान्न सहयोग

२०७७ वैशाख १६, ०६:१० खबर संवाददाता

धनगढी: अछामको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदले भारतमा अलपत्र परेका नेपालीहरुलाई खाद्यान्न सहयोग गरेका छन्।

कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथाममा लागि गरिएको लकडाउनका कारण भारतको मुम्बईमा अलपत्र परेका गाउँपालिकाका नागरिकहरुलाई उनले एक लाख बराबरको खाद्यान्न सहयोग गरेका हुन्। व्यक्तीगत खर्चबाट अलपत्र ५८ जनाका लागि सहयोग रकम पठाएको उनले बताए। 

स्थानीय प्रेम खड्का, मानबहादुर साउँद र करन साउँदमार्फत सहयोग हस्तान्तरण गरेको बताउँदै उनले भने,  ‘गाउँपालिकाका नागरिकले त्यहाँबाट सहयोगका लागि अपिल गरेपछि मैले व्यक्तिगत रुपमा एक लाख रुपैँया पठाएको हुँ।

डेरामा बसीरहेका र धेरै समस्यामा परेका आफ्ना गाउँपालिकाका ५८ जना नागरिकलाई उक्त रकमबाट चामल, दाल, तेल, नुन लगायतका अत्यावश्यक खाद्यान्न सहयोग गरको अध्यक्ष साउँदले बताए।  

उनले कानुनी रुपमा गाउँपालिकाबाट बजेट पठाउन नमिल्ने हुँदा अझै हातेमालो गरेर त्यहाँ अलपत्र परेकालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। 
 

कमेन्ट लोड गर्नुस