धनगढी निवासी सेवा निवृत्त शाखा अधिकृत भट्टको निधन
२०७७ वैशाख १६, ०४:०१
धनगढी : धनगढी निवासी सेवा निवृत्त शाखा अधिकृत धर्मानन्द भट्टको निधन भएको छ। ग्त बर्षको जेठ १६ गते सेवा निवृत्त भएका भट्टको निधन भएको हो।
बैतडी जिल्लाको गुरुखोला घर भई हाल धनगढी उप–महानगरपालिकाको मटियारी बस्दै आएका भट्टको ५९बर्षको उमेरमा निधन भएको हो।
उनी गत बर्षको जेठ १६ गते कैलालीकै कैलारी गाउँपालिकाबाट सेवा निवृत्त भएका थिए। परिवारका सदस्यहरुका अनुसार केही बर्षदेखि उनी अस्वस्थ थिए।
कमेन्ट लोड गर्नुस