कोरोना संक्रमणका कारण विश्वभर २ लाख ९ हजार बढीको ज्यान गयो
कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ९ सय २ पुगेको छ। वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ३० लाख २५ हजार ७३७ पुगिसकेको छ, भने ८ लाख ९३ हजार २२२ जना निको भइसकेका छन्।
संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ५ ६ हजार ९ले ज्यान गुमाइसकेका छन, भने संक्रमितको संख्या ९ लाख ९३ हजार ८५२ पुगेको छ। जसमध्ये १ लाख २० हजार २९९ जना निको भइसकेका छन्। त्यस्तै इटालीमा पनि ज्यान गुमाउनेको संख्या २६ हजार ९७७ पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ९९ हजार ४१४ पुगेको छ।
यसैबीच निको हुनेको संख्या ६६ हजार ६२४ पुगेको छ। यसैबीच, कोरोना संक्रमणका कारण यता स्पेनमा पनि २३ हजार ५२१ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या २ लाख २९ हजार ४२२ पुगिसकेको छ। निको भएर फर्कनेहरुको संख्या १ लाख २० हजार ८३२ पुगेको छ। फ्रान्समा १ लाख ६२ हजार १०० जना कुल सङ्क्रमित भएका छन् भने, २२ हजार ८५६ को ज्यान गएको छ।
यसैबीच ४४ हजार ९०३ निको भएर फर्किएका छन्। यूकेमा पनि ज्यान गुमाउनेको संख्या २० हजार ७३२ पुगेको छ, भने १ लाख ५२ हजार ८४० जना संक्रमित छन्। त्यस्तै इरान, बेल्जियम, जर्मनीमा, चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन्। नेपालमा पनि कोरोना संक्रमितको संख्या ५२ पुगेको छ। हालसम्म १६ जना निको भइसकेका छन्।