आज १६ सय बढि मजदुर र विद्यार्थी कैलाली भित्रिए
२०७७ वैशाख १५, ०८:०५
धनगढी : आज १६ सय बढि मजदुर र विद्यार्थी कैलाली भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पूर्वी नेपालका विभिन्न जिल्लाबाट चिसापानी हुँदै आज एक हजार ६ सय १२ जना भित्रिएका हुन्।
एक हजार तीन सय तीन जना पुरुष र तीन सय नौँ जना महिला कैलाली भित्रिएका हुन्। चैत २७ गतेयता सात हजार एक सय ८९ जना भित्रिएका छन्।
कमेन्ट लोड गर्नुस