एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष भुषाल मृतफेला परेको घटनामा छानबिन गर्न माग
कैलाली: कैलालीको मसुरियास्थित बिहानी बोर्डिङ्ग स्कुलका सञ्चालक एवं प्रिन्सिपल कृष्णप्रसाद भुषालको रहस्यमय हत्या भएको भन्दै घटनाको निष्पक्ष छानविन गर्न गौरीगंगा नगरपालिकाले माग गरेको छ।
सोमबार समवेदना जारी गर्दै नगरप्रमुख भिमबहादुर देउवाले घटनाको निष्पक्ष छानबिनका लागि सहयोग गरिदिन र घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न प्रहरी प्रशासनलाई अनुरोध गरेका छन्।
गत बिहीवार निजी विद्यालयको छाता संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका भुषाल पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मृतावस्थामा फेला परेका थिए।