गृहको निर्देशनपछि कैलालीका सिडियोले भने–लकडाउनमा कडाई हुन्छ, यात्रु ओसार्ने बस रोक्छौ
धनगढी : गृह मन्त्रालयले विना पासका गाडी सञ्चालनमा रोक लगाउन निर्देशन दिएसंगै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले लकडाउनमा कडाई गरने बताएका छन्। उनले पछिल्लो समय स्थानीय तह र सासंदहरुको समन्वयमा विना पासका गाडी सञ्चालन भएपछि लकडाउनको उल्लंघन बढेको बताउँदै आजदेखि लकडाउनमा कडाई गरिने बताए।
‘गृह मन्त्रालयले विना पासका गाडी रोक्न निर्देशन दिईसकेको छ,’ प्रमुख जिल्ला अधिकारी बोहराले भने, ‘स्थानीय तह र सासंदहरुले काठमाडौँ लगायतका क्षेत्रबाट यात्रु ओसारीरहेका छन्। तर कसैले पनि पास लिएका छैनन्। आजदेखि पास विनाका बसहरु पनि हामी रोक्ने तयारीमा छौ।’ उनले आजदेखि लकडाउनमा कडाई गर्दै अत्यावश्यक सेवा मात्र सञ्चालन गर्न दिने बताए।
गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड(१९) संक्रमणको प्रसार रोक्न गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको थियो।
पछिल्लो समय सुदूरपश्चिमका स्थानीय तहहरूले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरू गाउँमा लगेका छन्। केही दिनयता पूर्वी नेपालबाट दैनिक हजार भन्दा बढि यात्रु सुदूरपश्चिम आईरहेका छन्।
तर उनीहरुलाई क्वारेन्टाईनमा समेत नराखी अधिकासंलाई घर पठाईएको छ।