सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल ल क्याम्पस मिलिनियम ब्याचद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

२०७७ वैशाख १४, ०३:०१ खबर संवाददाता

धनगढी : नेपाल ल क्याम्पस मिलिनियम ब्याचका विद्यार्थीहरुले धनगढी उप–महानगरपालिका कोरोना भइरसको चेकजाँच र रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। मिलिनियम ब्याचका सदस्य ठेकेन्द्र राज जोशीले आइतबार उक्त सामग्री धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेका हुन। 

उनले १ थान थर्मगन, २ हजार थान सर्जिकल मास्क, २ हजार थान सर्जिकल ग्लोब्स, १०० थान तीन लियरको मास्क, २०० थान कपडाको मास्क, ५ सेट पिपिई र १५ लिटर हेन्ड सेनिटाइजर हस्तान्तरण गरेका हुन। 

उपमहानगरलाई नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, बेल्जियम र जर्मनीमा बस्ने ८२ जना साथीहरु मिलेर लगभग ९० हजार बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको मिलिनियम ब्याचका फन्ड कोडिनेटर उमेश बिक्रम शाहले बताए। 
 

कमेन्ट लोड गर्नुस