सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम आउने मजदुर र विद्यार्थीबाट बढि भाडा लिएमा कारवाही गर्ने चेतावनी

२०७७ वैशाख १४, १२:०१ खबर संवाददाता

धनगढी : सुन्दर सुदूरपश्चिम यातायात प्रालीले काठमाडौँबाट आउँने मजदुर र विद्यार्थीबाट बढि भाडा असुलेको भेटिएमा कारवाही गर्ने चेतावनी दिएको छ। 

लकडाउनपछि अलपत्र परेका विद्यार्थी र मजदुरलाई लिन गएका गाडीले बढि भाडा लिएको गुनासो बढेको भन्दै आफूखुसी भाड लिने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको हो।

प्रालीका अध्यक्ष पदमराज सापकोटाले तोकेको भन्दा बढि भाडा असुलेको गुनासो आएकाले व्यवसयायीलाई त्यसो नगर्न आग्रह गर्दै कारवाहीको चेतावनी दिएका हुन्। उनले तोकेको भाडादर भन्दा बढी भाडा लिएको पाइएमा त्यस्ता सवारी साधनलाई कारवाही गरिने जनाउँदै बढि भाडा असुलेका खबर गर्न समेत आग्रह गरेका छन्। 

 

 
 

कमेन्ट लोड गर्नुस