सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लकडाउन उल्लङ्घन गर्ने ५८३ जना पक्राउ, १३ सय सवारीसाधन नियन्त्रणमा

२०७७ वैशाख १४, १०:२० खबर संवाददाता

कैलाली : कैलालीमा सरकारले जारी गरेको लकडाउनको उल्लङ्घन गर्ने पाँच सय ८३ जनालाई प्रहरीले पक्राउ गरेको छ। लकडाउन जारी भएदेखि शनिबार सम्म जिल्लाका विभिन्न स्थानबाट उल्लङघन गर्ने पाँच सय ८३ जनालाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले पक्राउ परेका मध्ये पाँच सय ७४ जनालाई सम्झाई बुझाई छोडिएको बताए। यस्तै पाँच जनालाई सार्वजनिक हित विरुद्दको मुद्दा चलाईएको छ भने थप चार जनालाई पनि मुद्दा चलाउने तयारी भईरहेको छ।

लकडाउनको उल्लङ्घन गरी चलाईएका झण्डै एक हजार तीन सय सवारी साधन पनि नियन्त्रणमा लिईएको छ। लकडाउनमा चलाईएका एक हजार दुई सय सय ८५ सवारी साधन नियन्त्रणमा लिएकोमा एक हजार १ सय ९८ लाई जरिवाना गरेर छोडिएको छ। 
 

कमेन्ट लोड गर्नुस